images
images

शहरीकरणका कारण १० वर्षमा नेपालमा घट्यो १६.६ प्रतिशत खेतीयोग्य जमिन


  • 645
    SHARES
  • २०८२ आषाढ २१ गते शनिबार

    शहरीकरणका कारण १० वर्षमा नेपालमा घट्यो १६.६ प्रतिशत खेतीयोग्य जमिन

    काठमाडाैं । नेपालमा पछिल्लो दशकमा शहरीकरण तीव्र रूपमा बढ्दा खेतीयोग्य भूमि उल्लेख्य मात्रामा घटेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको जनगणना २०७८ को विषयगत प्रतिवेदन अनुसार, २०६८ सालमा करिब २२ लाख हेक्टर रहेको खेतीयोग्य जमिन २०७८ सालमा घटेर १८ लाख हेक्टरमा सीमित भएको छ । अर्थात् यो अवधिमा खेतीयोग्य भूमि १६.६ प्रतिशतले घटेको छ ।

    तथ्याङ्कअनुसार, शहरी विस्तार मुख्यतः उब्जाउ जमिनमा भइरहेको देखिन्छ । शहरीकरणको प्रभाव सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा देखिएको छ, जहाँ ९.१ प्रतिशत जमिन घटेको छ । त्यसपछि गण्डकीमा ७ प्रतिशत र कर्णाली प्रदेशमा ५.४ प्रतिशतले खेतीयोग्य जमिन घटेको छ ।

    कर्णाली प्रदेशमा शहरीकरण तुलनात्मक रूपमा कम भएकाले त्यहाँ जमिनको ह्रास पनि न्यून देखिएको छ ।

    यसैबीच, नेपालको शहरी जनसंख्या हाल २७ प्रतिशत पुगेको छ । बागमती प्रदेशमा यो अनुपात सबैभन्दा बढी अर्थात् ५६ प्रतिशत छ, जुन शहरीकरण र जमिन क्षयबीचको सम्बन्ध झल्काउने संकेत हो ।


    images
    images

    Logo