images
images

किसानलाई  ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री


  • 276
    SHARES
  • २०८२ आषाढ १६ गते सोमबार

    किसानलाई  ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री

    महेन्द्रनगर (धनुषा) । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म रु ३६ करोड ३९ लाख ६३ हजारको रासायनिक मल बिक्री वितरण गरेको छ । कम्पनीका अनुसार हालसम्म रु १४ करोड ३० लाख २२ हजारको युरिया, रु २२ करोड २४ लाख ६५ हजारको डिएपी र रु ८४ लाख ७५ हजारको पोटास बिक्री वितरण गरेको कार्यालयका निमित्त कार्यालय प्रमुख बेचन साहले बताए । 

    कार्यालयका अनुसार आव २०८१/८२ देखि हालसम्म कम्पनीले आठ हजार एक सय ७२ मेट्रिकटन युरिया प्राप्त गरेको प्रमुख साहले भने। यसैगरी डिएपी पाँच हजार दुई सय ५८ मेट्रिकटन र पोटास दुई सय ९७ मेटन प्राप्त गरेको हो ।

     प्रमुख साहका अनुसार प्राप्त रासायनिक मलबाट कम्पनीले हालसम्म युरिया आठ हजार चार सय आठ दशमलव एक सय ५० मेट्रिकटन, डीएपी चार हजार आठ  सय ३५ दशमलव एक सय ५० मेट्रिकटन र पोटास दुई सय ४९ दशमलव दुई सय मेट्रिकटन मलखाद्य बिक्री वितरण गरिएको छ ।

    प्रमुख साहका अनुसार गत वर्षको बाँकी मौज्दात युरिया ९६२ दशमलव पाँच सय मेट्रिकटन, डीएपी ८३ दशमलव सात सय ५० मेट्रिकटन र पोटास ९८ दशमलव पाँच सय मेट्रिकटन रहेको थियो ।

    कार्यालयका अनुसार चालु आर्थिक वर्षमा युरियाप्रति बोरा रु आठ सय ५०.५० पैसा, डिएपी रु २३ हजार र पोटास रु १७ हजार बिक्री मूल्य रहेको निमित्त प्रमुख बेचन साहले जानकारी दिए।

    कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखाले धनुषा जिल्ला र महोत्तरी जिल्ला गरी दुई सय नौ डिलरमार्फत उक्त मल वितरण गर्दै आएको छ । मलखाद्य निर्देशिका, २०७७ बमोजिम प्रत्येक पालिकामा स्थानीय मलखाद्य वितरण व्यवस्थापन समिति छ । उपमेयर वा उपाध्यक्षको प्रमुख संयोजक र सदस्यमा प्रशासकीय अधिकृत, कृषि शाखा प्रमुख  कृषि सदस्य सचिव रहेको समितिले रासायनिक मलको दर रेट, कालो बजारी नियन्त्रण, बिक्री वितरण व्यवस्थापन गर्ने जिम्मा लिएको छ । 

    प्रदेश भूमि व्यस्थापन तथा सहकारी मन्त्रालय बाट सम्बन्धित जिल्लामा पर्ने पालिकाले तोकेको कोटा बमोजिम कृषि सामग्री कम्पनी लिमिटेड डिलरमार्फत मलखाद्य दिने गरेको साहले भने । प्राप्त विवरणअनुसार हालसम्ममा डिएपी मलको कोटा थप गरिने निर्णय भई आउने तरखरमा रहेको प्रमुख साहको भनाइ छ । धान, गहुँ मकैका साथै तेलहन बालिका लागि सो मल बिक्री वितरण गरिएको छ ।  


    images
    images

    Logo