images
images

देशभर २०.३ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा सबैभन्दा धेरै


  • 453
    SHARES
  • २०८२ आषाढ १५ गते आइतबार

    देशभर २०.३ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा सबैभन्दा धेरै

    काठमाडौं । असार १५ सम्म देशभर कुल धान रोपाइँ क्षेत्रफलको २०.३ प्रतिशतमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार देशभर १३ लाख ९१ हजार ३ सय २१ हेक्टरमा धान खेती हुनेमा हालसम्म २ लाख ८१ हजार ८ सय ४ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १ प्रतिशतले कम हो । गत वर्ष असार १६ सम्म २१.३ प्रतिशत रोपाइँ भएको थियो ।

    प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशले ४९.२ प्रतिशत रोपाइँसँग सबैभन्दा अगाडि रहेको छ, यद्यपि यो पनि गत वर्षको ५४.२ प्रतिशतभन्दा कम हो । कर्णालीमा हालसम्म ३९.१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जुन अघिल्लो वर्षको ४७ प्रतिशतभन्दा घटेको हो ।

    लुम्बिनी प्रदेशले २४.३ प्रतिशत रोपाइँ गरेको छ, जुन गत वर्षको २२.८ प्रतिशतभन्दा थोरै बढी हो । गण्डकी प्रदेशले २८.२ प्रतिशत रोपाइँ पुरा गरेको छ, जुन अघिल्लो वर्षको २१.९ प्रतिशतभन्दा राम्रो प्रगति हो ।

    बागमतीमा २०.५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने मधेस प्रदेशमा सबैभन्दा कम ३.९ प्रतिशत मात्रै रोपाइँ भएको छ । कोशी प्रदेशमा हालसम्म १४.३ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।


    images
    images

    Logo