images
images

रोजगारीका लागि ११ महिनामा विदेशिए ७ लाख ६० हजार नेपाली, कुन महिनामा कति विदेशिए ?


  • 516
    SHARES
  • २०८२ आषाढ ८ गते आइतबार

    रोजगारीका लागि ११ महिनामा विदेशिए ७ लाख ६० हजार नेपाली, कुन महिनामा कति विदेशिए ?

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा रोजगारीको खोजीमा ७ लाख ६० हजार ३९१ नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार यो अवधिमा मासिक रूपमा औसत ६९ हजार १२६ जनाले श्रम स्वीकृति लिएका छन् ।

    जेठ महिनामा मात्रै ७४ हजार ४६७ जनाले श्रम स्वीकृति लिएका थिए । गन्तव्य मुलुकहरूमध्ये सबैभन्दा बढी नेपाली यूएई (संयुक्त अरब इमिरेट्स) गएका छन् । त्यहाँ जेठ महिनामा मात्रै २४ हजार ७०४ जनाले श्रम स्वीकृति लिएका थिए ।

    यसबाहेक साउदी अरब, कतार र मलेसिया पनि प्रमुख गन्तव्य मुलुकका रूपमा रहेका छन् । जेठमै साउदीमा ११ हजार ९६१ र कतारमा ११ हजार ९१ जनाले श्रम स्वीकृति लिएका थिए ।

    महिना अनुसार विदेशिनेको संख्या यस प्रकार रहेको छ:

    साउन ५९ हजार ५७५
    भदौ ५७ हजार ४९३
    असोज ५३ हजार ५२५
    कात्तिक ७० हजार ९९०
    मंसिर ८४ हजार २२६
    पुस ६७ हजार २५८
    माघ ७२ हजार ४४१
    फागुन ६८ हजार ९६३
    चैत ७३ हजार ४०३
    वैशाख ७८ हजार ०५०
    जेठ ७४ हजार ४६७


    images
    images

    Logo