images
images

सुनको मुल्य १६ सयले बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?


  • 397
    SHARES
  • २०८२ जेठ २९ गते बिहीबार

    सुनको मुल्य १६ सयले बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला  १ लाख ९२ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार प्रतितोला  १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ६ सय रुपैँयाले बढेर १ लाख ९२ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।


    images
    images

    Logo