images
images

मेची भन्सारद्वारा करिब तेह्र अर्ब राजस्व सङ्कलन


  • 219
    SHARES
  • २०८२ जेठ ८ गते बिहीबार

    मेची भन्सारद्वारा करिब तेह्र अर्ब राजस्व सङ्कलन
    भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा १२ अर्ब ९४ करोड राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । 
     
    कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको वैशाख महिनासम्म  १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । गत आव २०८०÷८१ को सोही अवधिमा राजस्व १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । 
     
    यसपटक भने लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हासिल भएको छ। कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६० दशमलव ५५ प्रतिशत अर्थात् सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व सङ्कलन भएको छ । 
     
    यसैगरी, तरकारीको आयातबाट ५८ करोड ३३ लाख १५ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट ३६ करोड ५३ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । त्यस्तै खनिज उत्पादनबाट २४ करोड १० लाख ३० हजार, कफीबाट १९ करोड ३६ लाख ९० हजार, दलहनबाट २० करोड २९ लाख ९४ हजार, राजस्व सङ्कलन भएको छ । 
     
    सो भन्सारहुंदै चालु आवको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा १९ करोड ८९ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ । सोही अवधिमा ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात भएको छ । 


    images
    images

    Logo