images
images

आठ महिनामा निर्यात ५७ प्रतिशतले बढ्यो, आयात ११.२० प्रतिशतले बढ्दा व्यापार घाटा कति ?


  • 523
    SHARES
  • २०८१ चैत्र ७ गते बिहीबार

    आठ महिनामा निर्यात ५७ प्रतिशतले बढ्यो, आयात ११.२० प्रतिशतले बढ्दा व्यापार घाटा कति ?

    काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो आठ महिनामा नेपालको निर्यात ५७.२० प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार फागुन मसान्तसम्म १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ निर्यात भएको छ । गत आर्थिक बर्षको पहिलो आठ महिनामा १ खर्ब ६ करोड १७ लाख रुपियाँको बस्तु निर्यात भएको थियो । 

    भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार आयात ११.२० प्रतिशतले बढेको छ । विभागका अनुसार फागुन मसान्तसम्ममा ११ खर्ब ४५ अर्ब रुपैयाँ आयात भएको  । गत आर्थिक बर्षको सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ आयात भएको थियो । 

    यसरी आयात र निर्यात व्यापारमा उच्च वृद्धि हुँदा नेपालको व्यापारघाटा पनि ६.२२ प्रतिशतले बढ्दै ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा नेपालको व्यापारघाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ थियो ।

    यस अवधिमा आयात निर्यात अनुपात ७.२४ प्रतिशतले बढेको छ ।  

     


    images
    images

    Logo