images
images

८ महिनामा लुम्विनी प्रदेश सरकारको खर्च ३१ प्रतिशत मात्रै


  • 422
    SHARES
  • २०८१ चैत्र ७ गते बिहीबार

    ८ महिनामा लुम्विनी प्रदेश सरकारको खर्च ३१ प्रतिशत मात्रै

    काठमाडौं । चालुआर्थिक बर्षको ८ महिनामा लुम्विनी प्रदेश सरकारले ३१ प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेश सरकारले फागुन मसान्तसम्ममा चालुतर्फ ३४.५७ र पुँजीगततर्फ २९.८२ प्रतिशत खर्च गरेको हो । 

    लुम्विनी प्रदेश सरकारले चालुआर्थिक बर्षको लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । जसमा अहिलेसम्ममा ७ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ मात्रै बजेट खर्च भएको छ । 

    जसमा चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख रहेकोमा ४ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ भने पुँजीतर्फ २४ अर्ब ५८ करोड ५९ लाख रहेकोमा ७ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको छ । 

    लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय छन् । तीमध्ये पुँजीगत खर्च शून्यदेखि कुल बजेट ५६ प्रतिशतसम्म गर्ने रहेका छन् । 

    सबैभन्दा कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खर्च गरेको छ । उक्त मन्त्रालयले चालु २.४७ खर्च गरे पनि पुँजीगत खर्च ० प्रतिशत मात्रै रहेको छ ।

    कुल बजेटमा सबैभन्दा धेरै खर्च स्वास्थ्य मन्त्रालयले गरेको छ । उक्त मन्त्रालयले पुँजीगत र चालु गरी ५६.८७ प्रतिशत खर्च गरेको छ । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले कुल बजेटको ११.४९ प्रतिशत खर्च भएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयले कुल बजेटका ३१.३८ प्रतिशत खर्च गरेको छ । 

    यस्तै ऊर्जा जलस्रोत मन्त्रालयले २४.५३ प्रतिशत खर्च गरेको छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको १७.५८ प्रतिशत खर्च गरेको छ । त्यसैगरी आर्थिक मामिला मन्त्रालयले ६८.८२ प्रतिशत खर्च गरेको छ । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १७.१९ प्रतिशत खर्च गरेको छ ।

    यस्तै वन तथा वातावरण मन्त्रालयले २८ प्रतिशत खर्च गरेको छ भने सामाजिक विकास मन्त्रालयको २१.१० प्रतिशत बजेट खर्च गरेको छ । खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले ३२.६२ प्रतिशत खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको २७.०४ प्रतिशत खर्च गरेको छ । 


    images
    images

    Logo