images
images

चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू


  • 1.4K
    SHARES
  • २०८१ चैत्र ६ गते बुधबार

    चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

    काठमाडौं । सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गत सोमबार (चैत ४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीका अवसरमा चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ ।

    त्यस्तै, विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान्न सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको । बैठकले ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गरेको छ ।

    त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट नियुक्त भएका छन्।

    यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु :

    The government's decision to give a public holiday on March 24


    images
    images

    Logo