images
images

आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने


  • 565
    SHARES
  • २०८१ चैत्र ५ गते मंगलबार

    आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने

    काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मंगलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने भएको छ ।

    लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् ।

    उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट तीन वटा चाटर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषदले जनाएकाे छ । तीनवटा चाटर्ड उडान पछि एयरलायन्सले अन्य नियमित उडानको योजना बनाएको छ ।

    चाटर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर ६२ हजार रूपैयाँ तय गरेको छ । एयरलायन्सले तीनवटा चाटर्ड उडान पछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ ।


    images
    images

    Logo