नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) मा दिपक थापा नियुक्त भएका छन् । उनी नेपाल प्रहरीका ३१ औं आइजीपी बनेका हुन् ।
भर्खरै (आज सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१ औं आईजीपी पदमा नियुक्त गरेको हो । हालका आईजीपी वसन्तबहादुर कुँवरको पदावधी आज राति १२ बजे सकिने भएकाले थापालाई नियुक्त गरिएको हो । हालका आजीपी कुँवर आजदेखि अनिवार्य अवकासमा जाँर्दैछन् ।
नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीको दाबेदारका रुपमा तीन जनाको नाम चर्चामा थियो । थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ आइजीपीको दौडमा थिए । यी तीनैजना २०५२ सालका ब्याजी हुन् । नवनियुक्त आईजीपी थापा साढे पाँच महिना सेवामा रहेर २०८२ भदौ १९ गते निबृत्त हुने छन् ।



