images
images

राष्ट्रियसभाबाट पनि ५ वटा अध्यादेश स्वीकृत


  • 472
    SHARES
  • २०८१ फाल्गुण २२ गते बिहीबार

    राष्ट्रियसभाबाट पनि ५ वटा अध्यादेश स्वीकृत

    काठमाडौं । सरकारले ल्याएका पाँच वटा अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएका छन् । आजको राष्ट्रियसभा बैठकमा निर्णयार्थ पेश भएका ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व’, ‘निजीकरण अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार’ र ‘लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने’ अध्यादेश स्वीकृत भएका हुन् । यी पाँच वटा अध्यादेश राष्ट्रियसभाको बहुमतले स्वीकृत भएका हुन् ।

    बैठकमा अध्यादेश अस्वीकारका प्रस्तावहरू बहुमतले अस्वीकृत भए । विपक्षी दलका सांसदहरूले सरकार अध्यादेशबाट देश चलाउने बाटोमा लागेको भन्दै अस्वीकृत गर्न आग्रह गरे पनि उनीहरूको प्रस्ताव अस्वीकृत भएका हुन् । पाँच वटै अध्यादेश हिजोको प्रतिनिधिसभाबाट स्वीकृत भइसकेका छन् ।

    सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक माघ १८ गते सरकारले यी पाँच र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’ गरी ६ वटा अध्यादेश पेश गरेको थियो । तर सरकार निर्माणमा सघाएका दलबीचमै विवाद भएर राष्ट्रियसभामा बहुमत पुग्ने अवस्था नदेखिएपछि भूमिसम्बन्धी अध्यादेश अघि बढ्न सकेन । अरू अध्यादेशहरू दुवै सदनबाट स्वीकृत भएसँगै सरकारले प्रतिस्थापन विधेयकका रूपमा अघि बढाउनेछ । राष्ट्रियसभाको अर्को बैठक भोलि दिउँसो बस्ने भएको छ ।


    images
    images

    Logo