images
images

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् वैठकका १५ निर्णय


  • 402
    SHARES
  • २०८१ फाल्गुण १३ गते मंगलबार

    यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् वैठकका १५ निर्णय

    काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १५ निर्णय गरेको छ । सरकारले गत आर्थिक बर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक बर्षमा कार्य सम्पन्न भएका भुक्तानी हुन बाँकी रकम भुक्तानीका लागि अर्थमन्त्रालयलाई स्वीकृति दिएको छ  

    यसैगरी, भारतको जयपुरमा फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने High-Levet iZ,h Regional 3R and Circular Economy forum in the Asia and the pacific कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रमेश प्रसाद सिंहलाई सहभागीताको लागि पठाउने सरकारको निर्णय छ । 

    त्यस्तै, थाइल्याण्डको बैंककमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने Asia and the Pacific Regional Preparatory Meeting for the 2nd United Nations Food Systems Summit Stocktaking Moment GTNFSS+4) कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. जय बहादुर टण्डनलाई पठाइने भएको छ । 

    यता, संयुक्त राज्य अमेरिकाको Harvard University in Cambridge, Massachusetts मा २०८२ वैशाख १४ गतेदेखि १७ गतेसम्म आयोजना हुने Harvard Ministerial Leadership Program अन्तर्गतको 2025 Harvrard Ministerial Leadership Forun कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई सहभागी हुने भएका छन् । 

    विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट Bridges Improvement and Maintenance program तेस्रो चरणअन्तर्गत १५० मिलियन अमेरिकी डलर बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने सरकारको निर्णय छ । उक्त टोलीले विश्व बैंकसँग वार्ता गर्नेछ । 

    त्यस्तै, बैठकले नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझालाई नियुक्त गरिएको छ । 

    २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विप‌द्मा परि बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विषद व्यवस्थापन कोषमार्फत् मृतसरह राहत उपलब्ध गराउने सरकारको निर्णय छ । 

    यसैगरी सरकारले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गर्ने निर्णय गरेको छ । साथै, एक जना महासेनानी, दुई जना सहायक रथी र एक जना उपरथीको पदावधि थप गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय छ । 

    1.JPG

    2.JPG


    images
    images

    Logo