images
images

सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द


  • 260
    SHARES
  • २०८१ फाल्गुण ११ गते आइतबार

    सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

    गुल्मी । रेसुङ्गा विमानस्थलमा फागुन महिनाभर उडान नहुने भएको छ । नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएकोमा सो जहाज बिग्रिएपछि सो विमानस्थलमा उडान रोकिएको हो ।

    एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो ।   साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । “एउटा जहाज पहिले नै बिग्रिएको र अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । 

    जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ”, थापाले भने, “फागुनभर पनि उडान हुने सम्भावना छैन”, प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्ने भएकाले समय बढी लागेको बताए ।
     
    रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडौं उडान भरेको थियो । विसं २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन् । 

    उक्त उडानमध्ये तम्घास–काठमाडौँ एक हजार एक सय ६५ र काठमाडौँ–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ । जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन् ।


    images
    images

    Logo