images
images

एनएमबि हाईब्रिड फण्ड एल २ को इकाईमा आवेदन दिने आज अन्तिम दिन


  • 334
    SHARES
  • २०८१ फाल्गुण ८ गते बिहीबार

    एनएमबि हाईब्रिड फण्ड एल २ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडाैं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष, एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि आवेदन दिने आजअन्तिम दिन रहेको छ।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

    फण्डले १५ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

    फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo