images
images

नेपालमा एमसीसीका सबै परियोजना स्थगित


  • 427
    SHARES
  • २०८१ फाल्गुण ६ गते मंगलबार

    नेपालमा एमसीसीका सबै परियोजना स्थगित

    काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)द्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित भएका छन् । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयोजनाहरु कार्यकारी आदेशअनुसार रोकिएको जनाएको हो ।

    नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २०७४ साल भदौ २९ गते एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो ।

    सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।  यसअघि युएसएडसँग सम्बन्धित परियोजना पनि स्थगित भइसकेका छन् ।


    images
    images

    Logo