images
images

७ महिनामा सार्वजनिक ऋण १ खर्ब ७६ अर्ब थपियो, जीडीपीको ४५ प्रतिशत


  • 347
    SHARES
  • २०८१ फाल्गुण ६ गते मंगलबार

    ७ महिनामा सार्वजनिक ऋण १ खर्ब ७६ अर्ब थपियो, जीडीपीको ४५ प्रतिशत

     
    काठमाडौं । सरकारको चालु आर्थिक बर्षको ७ महिनामा १ खर्ब ७६ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार माघ मसान्तसम्म आइपुग्दा सार्वजनिक ऋण १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँ थपिएको हो । 

    योसँगै माघ मसान्तसम्म कुल तिर्न पर्ने बाँकी ऋण २६ खर्ब ११ अर्ब पुगेको छ। २०८१ साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड तिर्न बाँकी ऋण रहेको थियो । 

    नेपालको अर्थतन्त्रको आकारको अनुपातमा तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.७७ प्रतिशत रहेको छ । यसमध्ये आन्तरिक ऋण जीडीपीको २२.४९ र बाह्य २३.२८ प्रतिशत रहेको छ ।

    यस अवधिसम्म सरकारको तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड रुपैयाँ तथा बाह्य ऋण भने १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ छ । गत साउन १ गतेसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड थियो ।

    सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा माघ मसान्तसम्ममा २ खर्ब ९० अर्ब ५७ करोड ऋण लिएको छ । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति ५३.१२ प्रतिशत रहेको छ । जसमा आन्तरिक ऋण प्राप्ति ६९.४४ प्रतिशत तथा बाह्य ऋण प्राप्ति २८.३१ प्रतिशत रहेको छ । 

    यस अवधिमा सरकारले २ खर्ब २९ अर्ब १५ करोड आन्तरिक ऋण तथा ६१ अर्ब ४२ करोड बाह्य ऋण प्राप्ति गरेको छ । 


    images
    images

    Logo