images
images

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल


  • 367
    SHARES
  • २०८१ फाल्गुण ५ गते सोमबार

    ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

    काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ।  ट्रष्ट माइक्रोले आफ्नो जारी पूँजीको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्न लागेको हो। 

    यसका लागि ट्रष्ट माइक्रोले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

    आईपीओ निष्कासनसम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्। सम्झौता फागुन ४ गते सम्पन्न भएको हो।

    ट्रष्ट माइक्रो इन्स्योरेन्सले न्यून आय भएका नागरिक, पिछडिएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायलाई बीमा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। कम्पनीले २०८० असोज १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी २०८० चैत १ गतेदेखि औपचारिक कारोबार सुरु गरेको थियो।


    images
    images

    Logo