images
images

लगातार चौथो कारोबार दिन पनि घट्यो नेप्से, कारोबार रकम ८ अर्ब ३९ करोड


  • 405
    SHARES
  • २०८१ माघ २७ गते आइतबार

    लगातार चौथो कारोबार दिन पनि घट्यो नेप्से, कारोबार रकम ८ अर्ब ३९ करोड

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अंकले घटेर २ हजार ६ सय ८८ दशमलव ३१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ५ स्क्रिपको ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको १ करोड ५८ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आइतबार कारोबारमा आएका ६८ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर छ ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९ अर्ब २४ करोडको शेयर कारोबार भएको थियो ।  

    १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३५ प्रतिशत घटेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन १.३० प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड १६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सिईडिबी हाल्डिङ्गसको साढे ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्था र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।


    images
    images

    Logo