images
images

‘नो केबलकार’ समूह र सरकारबीच ६ बुँदे सहमति‚ बन्द फिर्ता (सहमतिका बुँदासहित)


  • 469
    SHARES
  • २०८१ माघ २३ गते बुधबार

    ‘नो केबलकार’ समूह र सरकारबीच ६ बुँदे सहमति‚ बन्द फिर्ता (सहमतिका बुँदासहित)

    काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका गर्न हुँदैन भनेर आन्दोलन गरिरहेका ‘नो केबलकार’ समूह र सरकारबीच ६ बुँदे सहमति भएको छ । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा सरकारी वार्ता टोलीले आन्दोलनरत पक्षसँग वार्ता गरेको हो । 

    सरकार र उक्त समूहबीच भएको सहमतिअनुसार मुक्कुमलुङ संरक्षक पक्षले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएको छ भने माघ २७ गते विहान ११ बजे स्टेशनबारे भने विस्तृत वार्ता हुने जनाइएको छ ।

    सहमतिअनुसार आन्दोलनमा भएका सबै घाइतेको सरकारले उपचार गर्नेछ । त्यसैगरी केबलकारको स्टेशन निर्माण स्थगन गर्ने र २७ गतेको वार्तामा यसबारे विस्तृत छलफल हुने भएको छ ।

    आन्दोलनका क्रममा हिरासतमा लिइएका सबैजनालाई पनि रिहा गर्ने ६ बुँदे सहमतिमा उल्लेख छ ।

    यसअघि सोमवारको वार्तामा आन्दोलनरत पक्षले केबलकार निर्माण तत्काल स्थगित हुनुपर्ने, पक्राउ परेकालाई छाड्नुपर्ने लगायतका माग राखेको थियो । सरकारी वार्ता टोलीले उक्त माग सम्बोधन नगरेपछि वार्ता निष्कर्षमा पुग्न सकेको थिएन ।

    गृहका सहसचिव भट्टराईको संयोजकत्वमा सरकारले शनिवार वार्ता टोली गठन गरेको थियो । त्यसपछि आन्दोलनरत पक्षले सोमवार प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता सहजीकरण समिति बनाएको थियो ।

    यस्तो छ सहमतिः


    images
    images

    Logo