images
images

नेपाल टेलिकमको नाफा ६ अर्ब २३ करोड, कुल आय ४२ अर्ब ११ करोड


  • 425
    SHARES
  • २०८१ माघ २२ गते मंगलबार

    नेपाल टेलिकमको नाफा ६ अर्ब २३ करोड, कुल आय ४२ अर्ब ११ करोड

    काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा कुल ६ अर्ब २३ करोड नाफा गरेको छ । मंगलबार आयोजित कम्पनीको २१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले आफ्नो आर्थिक वर्षको आय र व्ययको विवरण सार्वजनिक गरेको हो।

    टेलिकमका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड रहेको छ ।टेलिकमले गत वर्षको आम्दानीबाट सरकारलाई विभिन्न ११ शीर्षकमा ४१ अर्ब ५९ करोड रुपैयाँ कर तथा दस्तुर तिरेको छ ।

    कम्पनीले अग्रिम आयकर १ अर्ब ७० करोड, मूल्य अभिवृद्धि कर ३ अर्ब ४६ करोड, दूरसञ्चार सेवा शुल्क ३ अर्ब १४ करोड, स्वामित्व शुल्क ८६ करोड, भन्सार शुल्क १७ करोड, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष शुल्क २ अर्ब १५ करोड फ्रिक्वेन्सी दस्तुर तिरेको छ । 

    कम्पनीले नाफा कमाएवापतको लाभांश ६ अर्ब ५८ करोड सरकारी कोषमा दाखिला गरेको छ भने सम्पत्ति र सवारीसाधन कर ५ करोड ८२ लाख तिरेको छ ।

    २०८१ मंसिर महिनाको अन्त्यसम्म नेपाल टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजारभन्दा बढी पुगेको छ। यसमध्ये, जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड ७ लाख ७४ हजार पीएसटीएन सेवाका ग्राहक ८७ हजार तथा एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ८० हजार रहेका छन्। २०८१ मंसिर महिनाको तथ्यांकअनुसार भ्वाइस सेवातर्फ नेपाल टेलिकमको बजार हिस्सा ५०.४४ प्रतिशत रहेको छ।

    २०८१ मंसिर महिनाको अन्त्यसम्म नेपाल टेलिकमको इन्टरनेट प्रयोगकर्ता २ करोड ११ लाखभन्दा बढी पुगेका छन्। यसमध्ये जीएसएम मोबाइल डाटा का प्रयोग करोड ७ लाख तथा एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ३ लाख रहेका छन्। जीएसएम सेवातर्फ हालसम्म करिब १ करोड ६४ लाख ग्राहक संख्यामा पुगिसकेको र निरन्तर विस्तारको क्रममा रहेको टेलिकमले जनाएको छ।


    images
    images

    Logo