images
images

भारतबाट ९० हजार टन गहुँ आयात गर्न कोटा खुल्यो


  • 394
    SHARES
  • २०८१ माघ १४ गते सोमबार

    भारतबाट ९० हजार टन गहुँ आयात गर्न कोटा खुल्यो

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट ९० हजार मेट्रिक टनको कोटामा गहुँ आयातका लागि आवेदन खुला गरेको छ। विभागले आज एक सुचना जारी गर्दै  इच्छुक फर्म÷कम्पनीका लागि आवेदन मागेको हो । 

    विभागले सोमबार जारी गरेको सूचनाअनुसार इच्छुक फर्म÷ कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।

    गहुँ आयात गर्न इच्छुक नेपाली कम्पनीहरूले न्यूनतम १०० मेट्रिक टनदेखि अधिकतम १० हजार मेट्रिक टनसम्मको परिमाणका लागि आवेदन दिन सक्नेछन्। यसरी आयात गर्न चाहने फर्म वा कम्पनीको चुक्ता पूँजी कम्तीमा १ करोड रुपैयाँ बराबर हुनुपर्ने सर्त रहेको छ ।

    त्यस्तै गहुँ आयातका लागि नेसननल को अपरेटिभ एक्स्पोर्टस लिमिटेडलाई शतप्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा वित्तीय स्रोत सुनिश्चितता भएको हुनुपर्ने, कम्पनीले माग गरेका आधारमा प्राप्त कोटा विभागबाट अघिल्लो वर्ष आवेदक कम्पनीले राजस्वमा गरेको योगदान र खाद्यान्न आयातमा अनुभव भएकालाई गहुँ आयात गर्न सक्ने क्षमताका आधारमा प्राथमिकता दिई बाँडफाँट गरिने विभागले जनाएको छ ।

    एउटा फर्म वा कम्पनीले कम्तीमा १ सय टन र बढीमा १० हजार टन आयात गर्न पाउने गरी कोटा बाँडफाँट गरिने छ, कोटा प्राप्त भएको मितिले ३ महिनाभित्र आयात गरिसक्नुपर्ने छ भने अनुमति प्राप्त गरेका कम्पनीले गहुँ आयात गर्न नसक्ने भए अनुमति पाएको मितिले १५ दिनभित्र विभागलाई जानकारी दिनुपर्ने विभागले जनाएको छ । 


    images
    images

    Logo