images
images

१० अंकले घट्यो नेप्से, २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 446
    SHARES
  • २०८१ माघ १३ गते आइतबार

    १० अंकले घट्यो नेप्से, २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । आइतबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अंकले घटेर २ हजार ६ सय ४३ दशमलव ९३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १८ स्क्रिपको ९ अर्ब १२ करोड रुपैयाँ बराबरको १ करोड ५७ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आइतबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । गत साताको विहीबार ७ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज १ सय १६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय २१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.७६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३९ करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ३८ करोडको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ३६ करोडको शेयर किनबेच भएको छ।

    आइतबार २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युत रहेका छन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। 


    images
    images

    Logo