images
images

अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै एनएलजी इन्स्योरेन्स


  • 320
    SHARES
  • २०८१ माघ १३ गते आइतबार

    अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै एनएलजी इन्स्योरेन्स

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २० गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।

    इन्स्योरेन्सले १० बराबर ६.२५६ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। इन्स्योरेन्सले संस्थापक समूहको २९ हजार ९ सय ७७  कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५ सय ५५ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो।

    सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले माघ २७ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo