images
images

सातामा ६५ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 361
    SHARES
  • २०८१ माघ १२ गते शनिबार

    सातामा ६५ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ६५.७३ अंक बढेर २ हजार ६ सय ५४ दशमलव ३५ विन्दुमा पुगेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन नेप्से घटेको थियो। यस साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार नेप्से सामान्य अंक घटेर बन्द भएको थियो।

    नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ६० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब २२ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २८.८१ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या २८.११ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २७.८८ प्रतिशत बढेको छ।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण २.५४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ९३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ९ अर्ब रुपैयाँ बढेर ४४ खर्ब २ अर्ब पुगेको छ।

    १३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ९.४० प्रतिशत बढेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८५ प्रतिशत घटेको छ।  

    साताको पहिलो दिन आइतबार १२.५८ अंकले बढेर २ हजार ६ सय १ दशमलव २१ विन्दुमा पुगेको थियो । सो दिन ६ अर्ब १२ करो रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस्तै, सोमबार ६.७८ अंकले बढेर २ हजार ६ सय ७ दशमलव ९९ विन्दुमा पुगेको थियो । सो दिन ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार ५.०८ अंकले बढेर २ हजार ६ सय १३ दशमलव ८ विन्दुमा पुगेको थियो । सो दिन ६ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ५२.३६ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ४५ विन्दुमा पुगेको थियो । सो दिन ८ अर्ब ७९ विन्दुमा पुगेको थियो । 

    त्यस्तै, साताको अन्तिम दिन विहीबार ११.१० अंकले घटेर २ हजार ५४ दशमलव ३५ विन्दुमा पुगेको थियो । सो दिन ७ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस साता नेप्सेमा १ करोड १० लाख २२ हजार ६ सय ५२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।


    images
    images

    Logo