images
images

६ महिनामा काठमाडौं महानगरको बजेट खर्च साढे १७ प्रतिशत मात्रै


  • 388
    SHARES
  • २०८१ माघ १० गते बिहीबार

    ६ महिनामा काठमाडौं महानगरको बजेट खर्च साढे १७ प्रतिशत मात्रै

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा काठमाडौं महानगरको बजेट खर्चको अवस्था कमजोर देखिएको छ । महानगले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्ममा साढे १७ प्रतिशत खर्च भएको पाइएको हो । 

    महानगरले यस आर्थिक वर्षमा विभिन्न क्षेत्रमा खर्च गर्नका लागि २४ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये, पुस मसान्तसम्ममा १७.५८ प्रतिशत अर्थात् ४ अर्ब ३७ करोड रुपैयाँमात्र खर्च भएको छ । 

    ६ महिनाको अवधिमा महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि छुट्याएको बजेटको ३९.९ प्रतिशत रकम खर्च भएको तथ्यांकमा जनाइएको छ । महानगरले चालू आर्थिक वर्षमा उक्त शिर्षकमा ४ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये, हालसम्म १ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ । 


    images
    images

    Logo