images
images

लिबर्टी इनर्जीको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन


  • 340
    SHARES
  • २०८१ माघ ९ गते बुधबार

    लिबर्टी इनर्जीको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

    काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गतेदेखि लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ।

    कम्पनीले १ बराबर ०.५० अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बिक्री गरेको हो। कम्पनीले सर्वसाधारण समूहको ८ लाख २६ हजार ५ सय ७४ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गरेको हो।

    शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo