images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घास काट्न ८८ लाख ४४ हजारको ठेक्का


  • 413
    SHARES
  • २०८१ माघ ८ गते मंगलबार

    त्रिभुवन  अन्तर्राष्ट्रिय  विमानस्थलको घास काट्न ८८ लाख ४४ हजारको ठेक्का

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घास काट्न ठेक्का लगाएको छ । प्राधिकरणले एक बर्ष भित्र घास काटिसक्ने गरि ८८ लाख ४४ हजार ७ सय ६४ रुपैयाँमा ठेक्का लगाएको हो । 

     प्राधिकरणले धावनमार्ग, ट्याक्सीवे, एप्रोन, र अन्य क्षेत्रमा घाँस काट्न शिवभक्त पार्वती निर्माण सेवालाई ठेक्का दिएको हो । 

    यो कम्पनीको बोलपत्र स्वीकृत भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले इबिडिङ सिस्टममा बाट आवेदन दिएका कम्पनीमध्येबाट यो कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ अनुसार छनोट गरेको हो । 

    यससँगै प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवनको विभिन्न खालको मर्मत गर्न २ करोड ५६ लाख रुपैयाँको ठेक्का लगाएको छ । यस्तो ठोक्का रामेछाप पीआर जेभी पेप्सीकोलाले पाएको छ । यसले विमानस्थलको टर्मिनल विल्डिङमा मर्मत र सम्बन्धित तोकिएको काम गर्नुपर्ने छ ।

    प्राधिकरणले धावनमार्गमा रवर हटाउने र अन्य प्राविधिक काम गर्न काम गर्न प्यागोडा इफ्रा कन्ट्रक्सनलाई जिम्मा दिएको छ । यो कम्पनीलाई ९ करोड २८ लाख रुपैयाँको काम गर्ने गरी जिम्मा दिने गरी ठेक्का स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ । 

    Capture.JPG


    images
    images

    Logo