images
images

सिन्धु विकास बैंकको सीईओमा सुरेश देवकोटा नियुक्त


  • 509
    SHARES
  • २०८१ मंसिर २७ गते बिहीबार

    सिन्धु विकास बैंकको सीईओमा सुरेश देवकोटा नियुक्त

    काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले देवकोटालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति आउँदो पुस १ गतेबाट ४ वर्षका लागि लागू हुनेछ।

    यसअघि देवकोटा नबिल बैकको सहायक कम्पनी नबिल स्टक डिलरको सीईओ थिए। निजी क्षेत्रको पहिलो स्टक डिलरका रुपमा स्थापित नबिल स्टक डिलरको संस्थापनाकालदेखि नै सक्रिय देवकोटा गत वर्ष असोज २१ गतेबाट कम्पनीको सीईओमा नियुक्त भएका थिए। गत वर्षकै अन्त्यतिर व्यक्तिगत कारण देखाएर उनले नबिल स्टक डिलरबाट राजीनामा दिएका थिए।

    करिब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा नबिल स्टक डिलरको कार्यकारी प्रमुख बन्नु अगाडि नबिल बैंकको प्रमुख लगानी अधिकृतका रुपमा कार्यरत थिए। आफ्नो बैंकिङ करिअर २०६२ सालमा नेपाल बैंकबाट सुरु गरेका देवकोटाले लामो समय नेपाल बंगलादेश बैंकमा बिताएका थिए। तत्कालीन नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिएपश्चात देवकोटाले नबिल बैंकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए।

    देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनशास्त्रमा स्नातकोत्तर पनि गरेका छन्।


    images
    images

    Logo