images
images

दशैंपछिको पहिलो दिन बढ्यो शेयर बजार, डेढ अर्बको कारोबार


  • 478
    SHARES
  • २०७८ आश्विन ३१ गते आइतबार

    दशैंपछिको पहिलो दिन बढ्यो शेयर बजार, डेढ अर्बको कारोबार

    काठमाडौं । दशैं बिदापछि पहिलोपटक खुलेको शेयर बजार बढेर बन्द भएको छ आइतबारमा शेयर बजार परिसूचक नेप्से १७.५९ अंकले बढेर २ हजार ६ सय ५६ दशमलव ९७ विन्दुमा पुगेको हो । दशैंको ह्याङओभर कायमै रहँदा कारोबार रकम भने डेढ अर्बमा सीमित भएको छ । 

    बजारमा आज १ सय ८६ कम्पनीका ४७ लाख ६० हजार कित्ता शेयर कारोबार भयो । बजारमा १ सय १३ कम्पनीको मूल्य बढ्दा ६१ कम्पनीको मूल्य घट्यो । बाँकी १२ कम्पनीको मूल्य भने आज स्थिर देखियो ।

    बजारमा आज म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा उछाल आएको छ । होटल तथा पर्यटन क्षेत्रमा सबैभन्दा बढी उछाल देखिएको छ । 


    images
    images

    Logo