काठमाडौं । दशैं बिदाको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक २३.१९ अंकले घटेर २ हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा ओर्लिएको हो । आज बजारमा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
आज बजारमा म्युचुअल फण्ड र लगानी समूह बाहेक अरु सबै परिसूचकहरु घटेका छन् । बजारा आज कारोबार भएका कम्पनीमध्ये ३३ कम्पनीको मूल्य मात्रै बढेको छ । १ सय ४२ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत स्कीमको मूल्य ९.९० प्रतिशतले बढ्दा महालक्ष्मी विकास बैंकको शेयरमूल्य सबैभन्दा बढी घटेको छ ।