काठमाडौं । दुई वटा कम्पनीले लाभांंशको घोषणा गरेका छन् । ग्लोबल आईएमइ बैंक लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
ग्लोबल आईएमइ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद लाभांश गरी कुल १३.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २८.४८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश गरी कुल २२.६१८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।



