काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बिसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सो कम्पनीको साधारणसभा असोज २३ गते शनिबार बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर चितवनमा सम्पन्न भएको हो ।
कम्पनीको सो साधारणसभाले २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश कुल २१ प्रतिशत लाभांश पारित गरेको छ ।
यसका साथै, डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने कार्य अघि बढाउन नसक्ने भएकोले हालसम्म भएका सम्पूर्ण कार्य अनुमोदन गर्ने, अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।