images
images

१८ अंकले घट्यो शेयर बजार, ४ अर्बको कारोबार 


  • 411
    SHARES
  • २०७८ आश्विन २४ गते आइतबार

    १८ अंकले घट्यो शेयर बजार, ४ अर्बको कारोबार 

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार फेरी ओरालो लागेको छ ।

    निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार देखि बढ्न थालेको थियो भने आइतबार फेरी घटेको हो ।

    नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक १८ अंकले घटेर २ हजार ६ सय ६२ दशमलव ५८ बिन्दुमा पुगेको हो । 

    बजारमा आज १८७ वटा कम्पनीको ४ अर्ब ४९ करोड बराबरको ७२ लाख कित्ता शेयर कारोबार भएको छ । ४८ वटा कम्पनीको शेयर मुल्य बढ्दा १३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । 
    नेप्से परिसुचक सहित सेन्सेटिभ, सेन्सेटिभ फ्लट उपसुचकहरु पनि नकारात्मक रहेका छन् ।

    फाइनान्स, म्युचुअल फण्ड, लाइफ इन्स्योरेन्सको शेयर मुल्य बढेको छ भने बैंक, विकास बैंक, हाइड्रोपावर, होटल एण्ड टुरिजम, इन्भेष्टमेन्ट निर्जीवन बीमा कम्पनी, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, ट्रेडिङ लगायत अन्य सबै कम्पनीको शेयर मुल्य घटेको हो । 

    बजार घटेपनि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थान, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, जिवन विकास लघुवित्त वित्तीय संस्था, मैलुङ् खोला जलविद्युत्त कम्पनी, चिलिमे हाइड्रोपावर, पोखरा फाइनान्स नेपाल लाईफ इन्स्योरेन्स,आदि कम्पनीको शेयर मुल्यमा सर्किट लागेको हो 

    आज मुल्य घट्ने कम्पनीहरुमा रिडि हाइड्रोपावर, शिवम् सिमेन्ट्स, रैरङ हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, युनाइट्रेड इदीमर्दी हाइड्रो,  आदि रहेका छन् । 


    images
    images

    Logo