काठमाडौं । शिवम सिमेन्ट्सले नगद लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।
असोज २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त कम्पनीको साधारणसभा कात्तिक १६ गते मंगलबार, होटल सोल्टी सोल्टीमोड काठमाडौंमा बस्दैछ ।