काठमाडौं । आइतबार शेयर बजार बढेको छ । बजार खुलेको साढे १ घण्टामा नेपाल स्टक एक्सचेन्ज नेप्से आज २.६१ अंकले बढेको छ ।
बजार बढेसँगै २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।
जिवन विकास लघुवित्त वित्तीय संस्था, र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो अवधिमा कारोबारमा आएका ८५ वटा कम्पनीको मुल्य बढेको छ ९२ वटा कम्पनीको मुल्य घटेको छ भने १० वटा कम्पनीको मुल्य स्थिर रहेको छ ।
महिला लघुवित्त वित्तीय संस्थाको सर्वाधिक १२ करोड १६ लाख बराबरको कारोबार भएको छ ।