images
images

छ कम्पनीको साधारणसभाको मिति तय, बोनस शेयर र नगद लाभांश कति ?


  • 740
    SHARES
  • २०७८ आश्विन २४ गते आइतबार

    छ कम्पनीको साधारणसभाको मिति तय, बोनस शेयर र नगद लाभांश कति ?

    काठमाडौं । छ वटा कम्पनीले साधारणसभाको मिति तय गरेका छन् । बोनस शेयर नगद लाभांश र वार्षिक विवरण अनुमोदन गर्ने प्रस्तावसहित कम्पनीले साधारणसभा गर्न लागेको हो । 

    सानिमा बैंक लिमिटेड, शिवम् सिमेन्ट्स लिमिटेड, मार्केट पन्डित क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ लिमिटेड, सोल्टी होटल लिमिटेड, म्याग्दी हाइड्रोपावर लिमिटेड र फ्ल्योर हिमालयन लिमिटेडले वार्षिक साधारणसभा गर्न लागेको हो ।  

    मार्केट पन्डित क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडको वार्षिक साधारणसभा कात्तिक १३ गते शनिबार दिउँसो ४ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा बस्दैछ । असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौधौ वार्षिक साधारणसभा गर्न लागेको हो । 

    उक्त कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ४८.८६ प्रतिशतका दरले हुन आउने २ करोड ४० लाख १ हजार ६ सय रुपैयाँ बराबरको बोनस शेयर र १०.६८५ प्रतिशतले हुन आउने ५९ लाख ८० हजार ८ सय रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। साथै सो साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्ने छ । 

    सोल्टी होटल लिमिटेडको वार्षिक साधारणसभा मंसिर २८ गते मंगलबार बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्चुअल माधयमबाट बस्दैछ । असोज २२ गते बसेको सञ्चालक समितिको २३५ औं बैठकले कम्पनीको ४७ औं वार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर ३ गतेदेखी २८ गते सम्म २३ दिनका लागि शेयरधनीहरुको किताब खाता बन्द गर्ने जनाएको छ ।

    सानिमा बैंक लिमिटेडको वार्षिक साधारणसभा कात्तिक १४ गते आईतबार,आम्रापाली ब्यांकेट बालुवाटार काठमाडौंमा भर्चुअल माधयमबाट बस्दैछ । असोज २२ गते बसेको सञ्चालक समितिको ४८९ औं बैठकले कम्पनीको १७ औं वार्षिक साधारणसभा गर्न लागेको हो । 

    बैंकले आर्थिक वर्ष ०७७र०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। साथै सो साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७र०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्ने छ । 

    सो वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक ७ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ४ गतेसम्म कायम भएका शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश र उक्त साधारण सभामा सहभागि हुन पाउनेछन् ।

    म्याग्दी हाईड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा कात्तिक १५ गते सोमबार बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय बस्दैछ । भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारणसभा गर्न लागेको हो ।

    फ्ल्योर हिमालयन लिमिटेडको वार्षिक साधारणसभा कात्तिक १६ गते मंगलकारदिउँसो २ बजे अगेनो रेष्टुरेण्ट कन्फरेन्स हल धोवीघाट ललितपुमा बस्दैछ । सञ्चालक समितिको बैठकले कम्पनीको २६ औ साधारणसभा गर्न लागेको हो । 

    सो साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्ने र अघिल्लो साधारणसभाबाट पारित भएको १ः५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । 

    शिवम् सिमेन्ट्स लिमिटेडको वार्षिक साधारणसभा कात्तिक १६ गते मंगलबार बिहान १० बजे होटल सोल्टी सोल्टीमोड काठमाडौंमा भर्चुअल माध्यमबाट बस्दैछ । असोज २२ गते बसेको सञ्चालक समितिको ९२ औं बैठकले कम्पनीको छैठौं वार्षिक साधारणसभा गर्न लागेको हो । 

    उक्त कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबरको कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। साथै सो साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्ने छ । 

     

     

     

     


    images
    images

    Logo