काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारण शेयर (आइपीओ) मा बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शुक्रबार बिहान आईपीओ बाँडफाँट भएको हो ।
सो कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर जारी गरेको थियो।
उक्त कम्पनीको आईपीओ मा ७४ हजार ४ सय आवेदकले १०/१० कित्ताका दरले शेयर पाएका हुन् । भने आवेदन दिने बाँकीको हात खाली भएको छ ।
कम्पनीको आईपीओका लागि २० लाख ३० हजार ९ सय ५५ जनाले आवेदन दिएका थिए भने आवेदन दिएका १६ हजार ३३ जनाको आवेदन रद्द भएको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल क्यापिटलको वेबसाइट र मेरोशेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।



