images
images

दुई कम्पनीको आकर्षक लाभांश घोषणा, बोनस शेयर कति ?


  • 1.8K
    SHARES
  • २०७८ आश्विन २२ गते शुक्रबार

    दुई कम्पनीको आकर्षक लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौं । दुई वटा कम्पनीले लाभांंशको घोषणा गरेका छन् । हिमालयन बैंक लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको हो । कम्पनीले ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।

    हिमालयन बैंक लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

    बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।

    स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

    लघुवित्तको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।

     

     

     


    images
    images

    Logo