images
images

एनएमबि म्युचुअल फण्डका दुई बन्दमुखी योजनाहरुको बुकक्लोज मिति तय


  • 334
    SHARES
  • २०८१ आश्विन ३ गते बिहीबार

    एनएमबि म्युचुअल फण्डका दुई बन्दमुखी योजनाहरुको बुकक्लोज मिति तय

    काठमाडौं । एनएमबि म्युचुअल फण्डका दुई बन्दमुखी योजनाहरुको बुकक्लोज मिति तय गरेका छन् ।  एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले  प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका हुन्।

    यी दुई फण्डहरुले असोज ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

    एनएमबि ५० ले इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    यी फण्डहरुको योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक एनएमबि बैंक लिमिटेड रहेको छ।

     

     

     


    images
    images

    Logo