images
images

नेप्सेको ओरालो यात्रामा ब्रेक, १८० कम्पनीको शेयर मुल्य बढ्दा मुल्य घटेका यी ५ कम्पनी


  • 686
    SHARES
  • २०७८ आश्विन २० गते बुधबार

    नेप्सेको ओरालो यात्रामा ब्रेक, १८० कम्पनीको शेयर मुल्य बढ्दा मुल्य घटेका यी ५ कम्पनी

    काठमाडौं। साताको चौथो दिन बुधबार शेयर बजार उकालो लागेको छ । नेप्से बढेसँगै कारोबार रकममा पनि केही सुधार आएको हो । 

    निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार देखि फेरी बढ्न थालेको हो । मंगलबार शेयर बजार बढेपनि कारोबार भने बढेको थिएन । 

    नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ६८ अंकले बढेर २ हजार ६ सय ८१ दशमलव ११ बिन्दुमा पुगेको हो । 

    बजारमा आज १८६ वटा कम्पनीको ४ अर्ब ५० करोड बराबरको ८१ लाख कित्ता शेयर कारोबार भएको छ । १८० वटा कम्पनीको शेयर मुल्य बढ्दा ५ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । 

    नेप्से परिसुचक सहित सेन्सेटिभ, सेन्सेटिभ फ्लट उपसुचकहरु पनि सकारात्मक रहेका छन् ।

    बैंक, विकास बैंक, हाइड्रोपावर, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट निर्जीवन बीमा कम्पनी, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड, माइक्रोफाइनान्स, फाइनान्स, ट्रेडिङ लगायत अन्य सबै कम्पनीको शेयर मुल्य बढेको छ । 

    विकास बैंक ४.८२ प्रतिशत, फाइनान्स ६.५९ प्रतिशत, माइक्रोफाइनान्स ५.८ प्रतिशत, हाइड्रोपावर र निर्जीवन बीमा कम्पनी, ३ प्रतिशत ,इन्भेष्टमेन्ट र ट्रेडिङ २ प्रतिशतले बढेको हो । 
     
    बजार बढेसँगै सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सर्वाधिक २३ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, गुँरास लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, मैलुङ् खोला जलविद्युत्त कम्पनी, प्रोग्रेशिभ फइनान्स, समृद्धि फाइनान्स, किसान लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था आदि कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।

    आज मुल्य घट्ने कम्पनीहरुमा रिडि हाइड्रोपावर,ङादी ग्रुप पावर, प्रभु बैंक डिबेञ्चर, लक्ष्मी उन्नती कोष, एनआईबीएल  समृद्धि फण्ड–२ आदि रहेका छन् । 

     


    images
    images

    Logo