काठमाडौं । निरन्तर रुपमा ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज नेप्से आज २६ अंकले बढेको छ ।
बजार बढेसँगै ६ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हाे ।
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, गुँरास लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मैलुङ् खोला जलविद्युत्त कम्पनी आदि कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो अवधिमा कारोबारमा आएका १४८ वटा कम्पनीको मुल्य बढेको छ २६ वटा कम्पनीको मुल्य घटेको छ भने ६ वटा कम्पनीको मुल्य स्थिर रहेको छ ।