काठमाडौं । तीन वटा कम्पनीले साधारणसभाको मिति तय गरेका छन् । बोनस शेयर नगद लाभांश र वार्षिक विवरण अनुमोदन गर्ने र आइपीओ जारी गर्ने प्रस्तावसहित कम्पनीले साधारणसभा गर्न लागेको हो ।
युनिलिभर नेपाल लिमिटेड, माछापुच्छ्रे कृति क्यापटिल लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणसभा गर्न लागेको हो ।
यूनिलिभर नेपाल लिमिटेडको वार्षिक साधारणसभा कात्तिक ११ गते दिउँसो ३ः४५ बजे कर्पोरेट अफिस दोस्रो तल्ला सिटी स्क्वेयर बिल्डिङ नयाँ बानेश्वर काठमाडौंमा भर्चुअल माध्यम बाट बस्दैछ । सञ्चालक समितिको बैठकले कम्पनीको २८ औं साधारणसभा गर्न लागेको हो । कम्पनीले प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
साथै उक्त साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्ने छ ।
सो साधारण सभाका लागि कम्पनीले असोज २५ देखी कात्तिक ११ गते सम्मका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज २४ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।
माछापुच्छ्रे कृति क्यापटिल लिमिटेडको वार्षिक साधारणसभा कात्तिक १० गते बिहान ११ बजे एम्बेस्सी रेष्टुरेन्ट पानीपोखरी काठमाडौमा बस्दैछ ।असोज १३ गते बसेको सञ्चालक समितिको ४५ औं बैठकले कम्पनीको दोस्रो साधारणसभा गर्न लागेको हो ।
सो साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ६.४ प्रतिशत अर्थात १ करोड ७१ लाख २७ हजार रुपैयाँ कर सहितको नगद लाभांश र चुक्ता पुँजीको ७ प्रतिशत अर्थात १ करोड ८७ लाख ३२ हजार रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २६ करेोड ७६ लाख ७ हजार २ सय रुपैयाँ रहेको छ उक्त बोनस पछि कम्पनीको चुक्ता पुँजी २८ करोड ६३लाख ३९ हजार ५ सय रुपैयाँ पुग्नेछ । उक्त साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्ने छ ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा कात्तिक १२ गते शुक्रबार दिउँसो ५ होटल अलफ्ट ठमेल काठमाडौमा बस्दैछ । भदौ ३० गते बसेको सञ्चालक समितिको १६ औं बैठकले कम्पनीको पहिलो साधारणसभा गर्न लागेको हो ।
सो कम्पनीले साधारण शेयर आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
उक्त साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन साथै आईपीओ निष्काशन गर्ने प्रस्ताव प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा संसोधित नियमावली पत्र स्वीकत गर्ने निकायबाट कुनै फेरबदल आएका सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु पनि पारित गर्नेछ।



