images
images

धिताेपत्र बाेर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त, अर्बाैकाे चलखेलकाे आराेप खेपे, लाखमा फसे


  • 476
    SHARES
  • २०७८ आश्विन १९ गते मंगलबार

    धिताेपत्र बाेर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त, अर्बाैकाे चलखेलकाे आराेप खेपे, लाखमा फसे

    काठमाडौं । नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त भएका छन् । मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेकाे हाे ।

    सर्वाेत्तम सिमेन्टकाे शेयर खरिदमा स्वार्थ बाझिने गरि छाेरी र बुहारीकाेे नाममा शेयर खरिद गरेकाे भेटिएपछि उनीमाथि मन्त्रिपरिषदले छानबिनका लागि समिति गठन गरेकाे थियाे । समितिकाे सिफारिस बमाेजिम उनलाई बर्खास्त गरिएकाे हाे ।

    ढुंगाना नेपाल राष्ट्र बैंकका निवृत्त कर्मचारी हुन् । राष्ट्र बैंकबाट अनिवार्य अवकाश पाएपछि उनी धितोपत्र बाेर्डकाे विज्ञ सदस्य नियुक्त भएका थिए । तत्कालिन अध्यक्ष रेवतबहादुर कार्कीकाे अवकाशपछि उनी २ वर्ष अघि बाेर्डकाे अध्यक्ष बनेका थिए ।

    राष्ट्र बैंककाे विदेशी विनिमय विभागकाे कार्यकारी निर्देशक रहँदा पनि उनकाे कार्यशैली र पारदर्शिताबारे प्रश्न उठ्ने गरेकाे थियाे । बाेर्डमा आएपछि पनि उनलाई बैंकलाई ब्राेकर लाईसेन्स दिने, कमाेडिटिज मार्केटकाे लाइसेन्स, ब्राेकर कमिसन लगायत विषयमा अर्बौंकाे चलखेल गरेकाे आराेप लाग्ने गरेकाे थियाे । तर अन्तिम समयमा झण्डै २५ हजार कित्ता शेयरमा उनकाे अवैध क्रियाकलापकाे पर्दा खुलेकाे छ । याे १ कराेड भन्दा कम रकम बराबर हाे ।


    images
    images

    Logo