काठमाडौं । मंगलबार शेयर बजार बढेको छ । निरन्तर रुपमा ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज नेप्से आज ३३ अंकले
बढेको हो ।
बजार बढेसँगै तीन कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
मैलुङ् खोला जलविद्युत्त कम्पनी, छ्याङ्दी हाईड्रोपावर र माउन्टेन हाईड्रो नेपाल कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो अवधिमा कारोबारमा आएका १७१ वटा कम्पनीको मुल्य बढेको छ १० वटा कम्पनीको मुल्य घटेको छ भने ३वटा कम्पनीको मुल्य स्थिर रहेको छ ।