काठमाडौं । हकप्रद शेयर निष्काशनको लागि छ्याङ्दी हाइड्रोपावर लिमिटेडले विद्युत नियमन आयोगमा निवेदन दिएको छ । हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्काशनको लागि निवेदन दिएको हो ।
उक्त हाइड्रोपावरले हालको चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद जनरी गर्नका लागि धितोपत्र बोर्डमा पेश भइइ काम कारवाही भईरहेको जनाएको छ । सो हकप्रद हेयर जारीपछि ४० प्रतिशत हकप्रद जारी गर्न बोर्डसँग हनेमति मागेको हो ,
हाल धितोपत्र बोर्डमा पेश भएको ३० प्रतिशत हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ पुग्नेछ भने सो पुँजीको ४० प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ५४ करोड १७ लाख ६८ हजार ५ सय रुपैयाँ पुग्नेछ ।
कम्पनीले वार्षिक साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित भएपछि बोर्डमा निवेदन दिएको हो ।




