images
images

न्यादी हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन, अहिलेसम्म कतिले दिए आवेदन 


  • 436
    SHARES
  • २०७८ आश्विन १९ गते मंगलबार

    न्यादी हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन, अहिलेसम्म कतिले दिए आवेदन 

    काठमाडौ‌। न्यादी हाइड्रोपावर लिमिटेडको साधारण शेयर आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ ।

    असोज १५ गते कम्पनीले कम्पनीले २२ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।

    ७ लाख २६ हजार २ सय ८६ कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको २० लाख ९२ हजार ५ सय कित्तामा शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    सोमबार बेलुकासम्म २३ लाख ५७ हजार१सय ६६ जना लगानीकर्ताले २ अर्ब ९७ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २९ करोड ४७ लाख ७ हजार ६ सय ५० कित्तामा आवेदन दिएको सीडीएसले जनाएको छ । । 

    सो हाइड्रोपावरको हालको चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीले यसअघिनै आयोजना प्रभावितमा र स्थानियका लागि र्आपीओ जारी गरिसकेको छ । स्थानियलाई जारी गरेको १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।


    नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार लगानी कर्ताको सङख्या बढी भएको हुँदा आवेदकले १० कित्ताका दरले शेयर पाउने भएकाले न्युनतम १० कित्तासम्म आवेदन दिन सकिनेछ । 

    उक्त कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आईएमई  क्यापिटल रहेको छ । 

     

     

     


    images
    images

    Logo