काठमाडौ । माेलुङ हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ । लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण प्रस्तुत गर्ने प्रस्तावसहित कम्पनीले वार्षिक साधारणसभा बोलाएको हो ।
असोज १२ गते मंगलबार बसेको सञ्चालक समितिको १६ औं बैठकले कम्पनीको १२ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त कम्पनीको वार्षिक साधारणसभा कात्तिक १२ गते शुक्रबार बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, रविभवन, काठमाडौँमा बस्दैछ ।
सो साधारणसभामा आर्थिक वर्ष ०७७/७८ असार मसान्त सम्मको नाफा–नोक्सान हिसाब, वासलात र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने र आर्थिक वर्ष ०७७/७८ को लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण स्वीकृत गर्ने जनाएको छ ।