काठमाडौं । दुई वटा कम्पनीले लाभांंशको घोषणा गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र आशा लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको हो ।
आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १.३१५७८९४ प्रतिशत गरी कुल २६.३१५७८९४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ७१ लाख ३१ हजार २ सय रुपैयाँ रहेको छ बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी ३५ करोड १४ लाख रुपैयाँ पुग्नेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ११.२४ प्रतिशत बोनस शेयर र ४.७६प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ ११ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुग्नेछ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।



