काठमाठौं । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
नेप्सेका अनुसार आईतबार कम्पनीको १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांशपछिको शेयर मुल्य समायोजन भएको हो ।
सो कम्पनीको बुक क्लोज पछिको शेयर मुल्य ४ सय ६ रुपैयाँ दशमलव ३६ रुपैयाँमा समायोजन भएको छ ।
सानिमा माई हाइड्रोपावर कम्पनीको अन्तिम कारोबार ४ सय ४७ रुपैयाँमा भएको थियो ।
कम्पनीले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
उक्त कम्पनीको वार्षिक साधारणसभा कात्तिक ११ गते बिहिबार सेलिब्रेसन हाईट सुकेधारा चोक काठमाडौंमा बस्दैछ । भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दशौं वार्षिक साधारणसभा गर्न लागेको हो ।
सो साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल १०.५२५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।



